शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनयुद्धको उपलब्धिले मुलुक समाजवादतर्फ उन्मुख छ : मुख्यमन्त्री जम्कट्टेल

सोमबार, ०१ फागुन २०७९, ०९ : ५५
सोमबार, ०१ फागुन २०७९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनयुद्धको उपलब्धिले मुलुकलाई समाजवादको बाटोतर्फ उन्मुख गराएको बताएका छन् । उनले जनयुद्धले स्थापित गरेको गणतान्त्रिक मुलुक समाजवादको बाटोमा अघि बढेको बताए । 

२८ औं जनयुद्ध दिवसको अवसरमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर-६ स्थित सहिद वैकुण्ठ रेग्मी (रोशन)को सालिकमा माल्यार्पण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको व्यवस्थामा समाजवाद स्थापना गर्न चाहेको बताए । 'जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको यो व्यवस्थामा समाजवाद स्थापना गर्न चाहन्छौँ,' मुख्यमन्त्री जम्कटेलले भने ।

मुलुकमा भएको १० वर्षे जनयुद्धको बलमा राज्य सत्ता सञ्चालनको व्यवस्था परिवर्तन सफल भएको उनको भनाई थियो । निरङ्कुश राजसंस्था फालेर गणतन्त्र स्थापना र नेपालको संविधानमा नागरिकको हक अधिकारलाई सुनिश्चित गर्नुमा जनयुद्धको महत्त्वपूर्ण योगदान रहेको उनले बताए ।

जनयुद्धको उपलब्धिलाई संस्थागत गर्न र देशलाई विकासको गतिमा लैजान माओवादी केन्द्रले स्पष्ट मार्गचित्र बनाएर अघि बढ्ने उनले बताए । जनताको अवस्था परिवर्तन गर्न माओवादी केन्द्रले नेतृत्व गरेको सरकार दृढ सङ्कल्पसहित काम गरिरहेको उनले बताए । कार्यक्रममा उनले जनयुद्धका सहिद तथा बेपत्ता परिवार प्रति सम्मान व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप