जनयुद्धको उपलब्धिले मुलुक समाजवादतर्फ उन्मुख छ : मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनयुद्धको उपलब्धिले मुलुकलाई समाजवादको बाटोतर्फ उन्मुख गराएको बताएका छन् । उनले जनयुद्धले स्थापित गरेको गणतान्त्रिक मुलुक समाजवादको बाटोमा अघि बढेको बताए ।
२८ औं जनयुद्ध दिवसको अवसरमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर-६ स्थित सहिद वैकुण्ठ रेग्मी (रोशन)को सालिकमा माल्यार्पण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको व्यवस्थामा समाजवाद स्थापना गर्न चाहेको बताए । 'जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको यो व्यवस्थामा समाजवाद स्थापना गर्न चाहन्छौँ,' मुख्यमन्त्री जम्कटेलले भने ।
मुलुकमा भएको १० वर्षे जनयुद्धको बलमा राज्य सत्ता सञ्चालनको व्यवस्था परिवर्तन सफल भएको उनको भनाई थियो । निरङ्कुश राजसंस्था फालेर गणतन्त्र स्थापना र नेपालको संविधानमा नागरिकको हक अधिकारलाई सुनिश्चित गर्नुमा जनयुद्धको महत्त्वपूर्ण योगदान रहेको उनले बताए ।
जनयुद्धको उपलब्धिलाई संस्थागत गर्न र देशलाई विकासको गतिमा लैजान माओवादी केन्द्रले स्पष्ट मार्गचित्र बनाएर अघि बढ्ने उनले बताए । जनताको अवस्था परिवर्तन गर्न माओवादी केन्द्रले नेतृत्व गरेको सरकार दृढ सङ्कल्पसहित काम गरिरहेको उनले बताए । कार्यक्रममा उनले जनयुद्धका सहिद तथा बेपत्ता परिवार प्रति सम्मान व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण