शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पप्पुलाई कारबाहीको माग गर्दै पत्रकार सहनी आमरण अनसनमा

मङ्गलबार, ०२ फागुन २०७९, ०९ : ३२
मङ्गलबार, ०२ फागुन २०७९

रौतहट । रौतहटको सदरमुकाम  गौर टिकुलियाघाट लालबकैया नदीमा पुल निर्माणको माग गर्दै स्थानीय पत्रकार संजय सहनी आमरण अनसन बसेका छन् । पप्पु कन्ट्रक्सनले अलपत्र परेको अधुरो लालबकैयाको पुललाई यथाशीघ्र निर्माणका लागि सोमबार साँझ ७ बजेदेखि सहनी लालबकैया खोलाको बगरमा  आमरण अनसन बसेका हुन् ।

पप्पु कन्ट्रकसनले २०७१ सालमा पुल निर्माणको टेन्डर लिएर सडक डिभिजन कार्यालय हेटौंडा सँग २०७४ माघ २९ गतेभित्र निर्माण पुरा गर्ने सम्झौता गरेको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो ।

लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर पप्पु कन्स्ट्रक्सनले लिएको थियो । पप्पुले निर्माण गरेको पुलको पश्चिमतिरको दुईवटा गडर  पनि गुणस्तरहीन भएको सडक डिभिजनको ठहर छ । ७४ सालमा निर्माण पुराहुनुपर्ने पुलको अधुरो संरचना गुणस्तरहीन भएकै कारण माटोसरह फुटेर झर्न थालेको थियो । म्याद नाघेको वर्षौंपछि पप्पुले गत वर्षदेखि पुरानै संरचनामा जोडेर निर्माण सुरुगर्दा डिभिजन सडक  कार्यालय चन्द्रनिगाहपुरले रोक्का गर्दा निर्माण कम्पनीले अटेरी गर्दै आएको थियो ।

पछि डिभिजन प्रमुख दारोगा साहले अदालतमा परेको पप्पविरुद्ध मुद्दाको केही दिनअघि भएको फैसला अनुसार पप्पुको धरौटी समेत जफत भएको छ। हिउँदमा लच्का बांसले बनेको पुल  र बर्सामा डुङ्गाको भरमा यात्रा गरि वारिपारी गर्न दैनिक सैयौं मानिस ज्यानको बाजी लगाएर यात्रा गर्दछन्।

पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतना लगायत दर्जनौं गाउँका बासिन्दलाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ । २०७५ भदौ ९ गते साँझ खेतमा काम गरेर फर्केकाहरू सवार डुंगा त्यही पुलको पिलरमा ठोक्किएर पल्टिँदा ५ जनाको ज्यान गएको थियो ।

डुंगामा सवार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए । घटनालगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पुल हेर्न टिकुलिया पुगेका थिए  । ठेकेदारको लापरबाहीले घटना भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र अलपत्र पुल निर्माणको काम चाँडै पूरा गर्न मुख्यमन्त्री राउतले निर्देशन समेत गरेका थिए ।

गौर टिकुलिया घाट लालबकैया नदीको पुल चाँडै निर्माण गर्न निर्देशन हरिनारायण रौनियारले टेरेनन्। टिकुलिया घाटमा हालसम्म पनि पुल निर्माण नहुँदा बाध्यभएर अनसन बसेको संजय सहनीले बताए ।

सहनीले पुल निर्माणसँगै टेण्डर लिएर लापरबाही गर्ने पप्पु निर्माण सेवाका तत्कालीन संचालक रौनियार माथि कारबाहीको माग गरेका छन् । रौनियारको लापरबाहीले ५ जनाको ज्यान गएको भन्दै मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ । यस्तै स्थानीयको खेर गएको ८ वर्षको समयको क्षतिपूर्ति रौनियारबाट भराउनुपर्ने सहनीले बताए ।

रौतहट प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगसरले हनी आमरण अनसन बसेको सामाजिक देखेर संजाल मार्फत थाहा पाएको बताए । वास्तविक्ता बुझ्न तथा सुरक्षार्थ उक्त स्थानमा प्रहरी टोली पठाएको उनले बताए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप