न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प
बुधबार, ०३ फागुन २०७९, १४ : १४
न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प मापन गरिएको छ । त्यहाँका स्थानीयले भूकम्पलाई ‘ठूलो’ र ‘डरलाग्दो’ बताएका छन् ।
ठूला झट्काका साथ सुरु भएको भूकम्पको कम्तीमा ३० सेकेन्डसम्म हल्का धक्का महसुस भएको बताइएको छ ।
जियोनेटका अनुसार भूकम्प स्थानीय समयानुसार साँझ ७.३७ बजे पारामराउमुबाट ५० किलोमिटर उत्तरपश्चिममा ४८ किलोमिटर गहिराइमा गएको थियो ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सुनामीको खतरा नरहेको बताएको छ । वेलिङ्टन क्षेत्र आपतकालीन व्यवस्थापन कार्यालयले परकम्प आउन सक्ने बताएको छ ।
६.१ तीब्रताको भूकम्प आएको केही समयपछि ४.० को अर्को पराकम्प मापन गरिएको छ । हालसम्म क्षतिको कुनै खबर छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण