अखिल क्रान्तिकारीले लियो स्ववियु निर्वाचनको घोषणापत्र लेख्न सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आगामी स्ववियु चुनावलाई लक्षित गर्दै घोषणापत्र लेख्न सुझाव संकलन गरेको छ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्यापसमा सबै संकायका उपत्यकाका विद्यार्थीहरुलाई बोलाएर घोषणापत्रमा समेट्ने विषयका सुझाव लिएको हो ।
आगामी चैत ५ गतेको स्ववियु चुनावलाई लक्षित गर्दै घोषणापत्रमा समेट्ने विषयमा सुझाव लिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए ।
‘विद्यार्थी संगठन र स्ववियु शिक्षाका मुद्दाबाट टाढिएको भन्ने गुनासो धेरै आयो । हामीले कुन कुन मुद्दा उठाउनुपर्छ भन्ने के के काम गर्नुपर्छ भन्ने विषयमा सबै विद्यार्थीको सुझाव लियौँ’ रातोपाटीसँग कुरा गर्दै एमसीले भने, ‘सबै विद्यार्थी साथीहरुले रचनात्मक सुझाव दिनु भएको छ । हामीले ती सबै मुद्दालाई समेट्ने प्रयत्न गर्ने छौं ।’
हरेक क्याम्पसमा स्ववियुलाई प्रभावकारी बनाउन विद्यार्थीहरुसँग सुझाव लिएको एमसीले बताए । विद्यार्थी आन्दोलन र स्ववियुलाई फरक ढंगले लग्न नसेमा अस्तित्व नै संकट आउने देखिएपछि सबैपक्षसँग सुझाव लिन प्रयत्न गरिएको बताए ।
स्ववियु चुनावको घोषणापत्रमा समेट्ने विषयमा प्राध्यापक, विषय विज्ञ लगायतसँग छलफल गरेर सुझाव लिने तयारी गरिएको एमसीले बताए । अखिल क्रान्तिकारीले पहिलो पटक घोषणापत्रमा समेट्ने विषयमा सुझाव लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण