प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव हुँदै
इटहरी । प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ । प्रदेशमै पहिलो पटक गर्न लागिएको चलचित्र महोत्सव नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।
बुधवार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार सुनसरी सदरमुकाम इनरुवामा फागुनको ७ गतेबाट महोत्सव सुरु हुनेछ । महोत्सव फागुनको १२ गतेसम्म चल्नेछ ।
इनरुवा नगरपालिकाको संयोजन र प्रदेश सरकारको विशेष सहयोगमा आयोजना हुन लागेको महोत्सवलाई आयोजकले इनरुवा उत्सव तथा चलचित्र महोत्सवको रूपमा सञ्चालनमा ल्याउन लागेको छ । चलचित्र महोत्सवमा दुई दर्जन बढी चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ ।
महोत्सवलाई आयोजकले प्रदेश १ का कलाकारहरूको भावना र सम्मानलाई आत्मसाथ गर्दै दर्शकमाझ नेपाली चलचित्रलाई माया गर्ने परिपार्टीको विकास गर्ने माध्यमका रूपमा अघि बढाउन लागेको जनाएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा स्थानीय कला प्रवर्द्धनसँगै विधागत प्रतिष्पर्धा र उत्कृष्ट व्यक्तित्व र कलाकारका रूपमा तारा सम्मान जस्ता कार्यक्रमको आयोजना गरिनेछ ।
महोत्सवमा बेहुली प्रतियोगिता, फेन्सी ड्रेस, नृत्य, निबन्ध, कुस्ती लगायतका प्रतियोगिताका साथै राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेतको आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण