शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
चन्द्र भण्डारीको निवास पुग्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

चन्द्र भण्डारीको निवास पुग्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । बुधबार राति करिब सवा १० बजेतिर बुद्धनगर क्षेत्रमा ठूलो आवाज सुनियो । रातको समयमा आएको सो आवाज कतिपयले वास्तै गरेनन्, जब छिमेकी हुँदै कांग्रेसवृत्तसम्म यो खबर पुग्यो त्यसपछिमात्रै कांग्रेस नेता चन्द्र भण्डारीको निवासमा यो घटना भएको पुष्टि हुन पुग्यो । 

निवासमा आमासँगै बस्दै आएका भण्डारीको निवासमा एकाएक ग्यासको गन्ध आएपछि आमासँगै चन्द्र किचनमा पुग्दा अकास्मात आगलागी भएको थियो । ग्यास गह्नाएको बारे पहिचानका लागि बिजुलीको स्वीच थिच्नासाथ एकाएक आगलागी सुरु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 
आगलागीबाट भण्डारीकी आमा हरिकलाको बर्न अस्पताल कीर्तिपुरमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ । यस्तै गम्भीर घाइते चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ। 
 उनलाई एयर एम्बुलेन्समार्फत बिहीबार दिउँसो भारतको मुम्बई लगिएको हो । 

प्रहरीका अनुसार ग्यासको गन्ध आएपछि आमा हरिकलाले सांसद भण्डारीलाई त्यसबारे जानकारी गराएकी थिइन् । त्यसपछि भण्डारीले भान्सा कोठामा गएर बिजुलीको स्वीच अन गरेका थिए । स्वीच अन गर्दा ‘स्पार्क’ भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले रातोपाटीलाई बताए । 

भण्डारीको घरको भुईँ तलामा किचन छुट्टै थियो भने आमा छोरा फरक कोठामा बस्थे । स्वीच अन गरेपछि आगलागी र कोठामा धुवाँ भरिएको बताइएको छ । प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन आएपछि सिआरभी भ्यानले उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगेको थियो ।

रातोपाटीकर्मी बिहीबार दिउँसो भण्डारी निवास बुद्धनगर पुग्दा यत्रतत्र सामानहरु छरपस्ट देखिन्ग्यो भने किचनमा सिसाका केही टुक्रा समेत देखिन्थ्यो । यस्तै झ्यालमा समेत सामान्य क्षति भएको पाइएको छ । 
प्रहरीले घटनापछि ग्यास सिलिन्डर भने उठाएर लगेको छ । 

तस्बिरहरु हेर्नुहोस्
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया