ल्होत्से मलबाट मोबाइल लुट्ने एक युवक भैरहवाबाट पक्राउ
बुटवल । काठमाडौँको ल्होत्से मलमा मोबाइल लुटेको आरोपमा भैरहवाबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका ६ बस्ने १८ वर्षीय कमल कार्कीलाई लुटपाटमा संलग्न भएको आरोपमा भैरहवाबाट नियन्त्रणमा लिएको हो ।
कार्कीबाट चोरीका तीन थान मोबाइल पनि बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । चोरी गरी फरार भएका आरोपी कार्कीलाई सिद्धार्थनगर नगर पालिकाको–३ बाट पक्राउ गरी काठमाडौँ पठाएको प्रहरीले जानकारी दिएको छ ।
फागुन १ गते यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा काठमाडौँ महानगरपालिका २६ गोङ्गबुस्थित नयाँ बसपार्कमा रहेको लोत्से मलमा रहेका केही मोबाइल पसलमा लुटपाट भएको थियो । अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालिमा तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल लगायतका सामग्रीहरु लुटिएका थिए ।
ती घटनाका आरोपीहरुलाई प्रहरीले अहिले विभिन्न ठाउँबाट पक्राउ गर्ने क्रम जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि गण्डकीमा गाजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण