कविता
रूपान्तरित आमा
शनिबार, ०६ फागुन २०७९, ०९ : २१
मैले त हाँस्ने बोल्ने
एक सग्लो जिन्दगी
छाडेर गएको हुँ
केही वर्ष परदेशिएर
आफ्नै दाम्लोमा
बाँधिन आइपुग्दा सम्म
आमा त एक थान
शिलापत्र हुनु भो
एक चौतारी
एक सगर हुनु भो
अँह
केही नभनेस् है मलाई
तेरी आमा छैन भनेर
आमा त कुलको देवी हुनु भो
मेरो हृदय र मस्तिष्कमा
झन्झन् अमर अजर हुनु भो
त्यसैले, मूलतः
आमा नहुने भन्ने कुरा नै
नहुने कुरा पो रहेछ त
हैन भने आकाशको अदृश्य देशबाट
आफ्ना हरेक दरसन्तान माथि
निरन्तर निरन्तर
आशीर्वाद बर्साइरहने
तिनी को हुन् त ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण