कविता
रूपान्तरित आमा
शनिबार, ०६ फागुन २०७९, ०९ : २१

मैले त हाँस्ने बोल्ने
एक सग्लो जिन्दगी
छाडेर गएको हुँ
केही वर्ष परदेशिएर
आफ्नै दाम्लोमा
बाँधिन आइपुग्दा सम्म
आमा त एक थान
शिलापत्र हुनु भो
एक चौतारी
एक सगर हुनु भो
अँह
केही नभनेस् है मलाई
तेरी आमा छैन भनेर
आमा त कुलको देवी हुनु भो
मेरो हृदय र मस्तिष्कमा
झन्झन् अमर अजर हुनु भो
त्यसैले, मूलतः
आमा नहुने भन्ने कुरा नै
नहुने कुरा पो रहेछ त
हैन भने आकाशको अदृश्य देशबाट
आफ्ना हरेक दरसन्तान माथि
निरन्तर निरन्तर
आशीर्वाद बर्साइरहने
तिनी को हुन् त ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?