रुपन्देहीमा व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीको माग
बुटवल । रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । पछिल्लो समय चोरी डकैताका घटना बढेको भन्दै उनीहरुले सुरक्षाको प्रत्याभूति दिलाइदिन माग गरेका हुन् ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आज भैरहवामा आयोजना गरेको नवआगन्तुक सुरक्षा प्रमुखहरुसँग स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने अधिकांश उद्योगी व्यवसायीहरुले खुल्ला सीमाका कारण सुरक्षा चुनौती रहेकाले सीमा व्यवस्थित गर्नुपर्ने माग गरे ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बजारलाई चलायमान बनाउन सीमा क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले खुल्ला सीमाका कारण अवैध रुपमा भित्रिने सामानका कारण राजस्व घट्नुका साथै नेपालको व्यापार फस्टाउन नसकेको बताए ।
संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले रातिको समयमा व्यवसाय तथा होटल छिटो बन्द हुँदा बाहिरबाट आउने पर्यटक मर्कामा परेको गुनासो आइरहेको बताउँदै त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले भन्सार छलेर सामान ल्याउँदा स्वदेशी व्यवसाय मर्कामा परेको गुनासो गरे ।
उनले पछिल्लो समय यस क्षेत्रमा चोरी डकैतीका घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक चलायमानका लागि रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकले शािन्त सुरक्षाको प्रत्याभूति दिलाउने आश्वासन दिए ।
उनले प्रहरीलाई सबल बनाउन नागरिकको रचनात्मक सहयोग आवश्यक रहेको बताउँदै त्यसका लागि निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले सुरक्षा संवेदनशील भएका स्थानहरुमा सीसीटिभी क्यामेरा थप्ने योजनामा आफूहरु रहेको बताए ।
त्यस्तै सशस्त्र प्रहरी बल २७ नम्बर गणका प्रमुख दीपक थापाले सीमा क्षेत्रबाट अवैध सामान बरामद भइरहेको जानकारी दिए । उनले शान्ति सुरक्षा कायम गराउन प्रहरी लागिपरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
-
एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण