तेलुगु अभिनेता तारक रत्नको ३९ वर्षको उमेरमा निधन
तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको शनिवार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । गत महिना हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
३९ वर्षीय तारक रत्न प्रख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काकाका भाइ र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामा रावका नाति थिए ।
उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
Deeply saddened to learn about the untimely demise of renowned Telugu Actor Shri. Nandamuri Taraka Ratna. Despite best efforts, his passing away came as a misfortune. My sincere condolences to his family. Praying for the sadgati of the departed soul. Om Shanti. pic.twitter.com/3STbQGrk4K
— Dr Sudhakar K (@mla_sudhakar) February 18, 2023
कर्नाटकका स्वास्थ्य मन्त्री तथा भाजपा नेता डा. के सुधाकरले सामाजिक सञ्जाल ट्विटरमा उनको आत्माको चीर शान्तिको कामना गरेका छन् ।
तेलुगु सुपरस्टार महेश बाबुले लेखेका छन्, ‘तारक रत्नको असामयिक निधनले स्तब्ध र गहिरो दुःखी छु । निकै छिटो गयौ भाइ... दुःखको यो घडीमा मेरो समवेदना र प्रार्थना उनको परिवार र प्रियजनसँग छ ।’
Shocked and deeply saddened by the untimely demise of #TarakaRatna. Gone way too soon brother... My thoughts and prayers are with the family and loved ones during this time of grief. 🙏
— Mahesh Babu (@urstrulyMahesh) February 18, 2023
फिल्म अभिनेता अल्लु अर्जुनले ट्विटमा लेखेका छन्, ‘तारक रत्न गारु (आदरणीय) को निधनको खबरले मन दुखेको छ । चाँडै गए । उनका परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना । उनको आत्माले शान्ति पाओस् ।’
Heartbroken to learn of the passing away of #TarakaRatna garu. Gone to soon 💔. My deepest condolences to his family, friends & fans. May he rest in peace.
— Allu Arjun (@alluarjun) February 18, 2023
अभिनेता चिरञ्जीवीले ट्विट गर्दै भनेका छन्, ‘तारक रत्नको दुःखद र असामयिक निधनको बारेमा थाहा पाउँदा गहिरो दुःख लाग्यो । यस्तो उज्यालो, प्रतिभाशाली, प्यारा जवान मानिस ... धेरै चाँडै गयौ ! सम्पूर्ण परिवार र शुभचिन्तकहरूमा हार्दिक समवेदना ! उहाँको आत्माले शान्ति पाओस् !’
Deeply saddened to learn of the
— Chiranjeevi Konidela (@KChiruTweets) February 18, 2023
tragic premature demise of #NandamuriTarakaRatna
Such bright, talented, affectionate young man .. gone too soon! 💔 💔
Heartfelt condolences to all the family members and fans! May his Soul Rest in Peace! శివైక్యం 🙏🙏 pic.twitter.com/noNbOLKzfX
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण