उत्कृष्ट जीवनका लागि आशावादी हुन जरुरी : सय वर्ष बाँचेकाले दिए जीवन जिउने टिप्स

तीन अङ्क (१०० वर्ष) को उमेरमा पनि राम्रो जीवन जिउनका लागि आशावादी हुन निकै जरुरी छ । त्यसैले अतीतमा नफस्नुहोस् । सधैँ डायरीमा अनुभवहरू लेखिरहनुहोस् । यो अद्भुत कलाबाट वञ्चित नगर्नुहोस् । जबसम्म तपाईँ चाहनुहुन्छ पूरा उत्साहका साथ डान्स गर्नुहोस् । सधैँ खुसी र सतर्क रहनुहोस् ताकि तपाईँलाई आफ्नो वरपर के भइरहेको छ भन्ने बारे जानकारी मिलोस् ।
वास्तवमा, १०० भन्दा बढी वर्षसम्म स्वस्थ जीवन बाँच्नका लागि आफ्नो अनुभवको आधारमा टिप्स दिएका छन् । बेलायती सेनाका कर्नेल रहेका १०२ वर्षका एडवर्ड टम्सले खुसी भइरहने स्वभाव, स्पष्ट भावना र आफूमाथि खुसी हुने स्वभाव राख्नुपर्ने बताएका छन् । उनले भने, ‘कहिले पनि बोर हुनुहुँदैन किनभने यति सारा सुख छन्, यसको आनन्द लिन सक्नुपर्छ । तर कहिलेकाहीँ एकान्तमा पनि बस्नुहोस् ।’
जीवन रोचक हुँदा बुढो भएको महसुस हुँदैन
१०६ वर्षीय अभिनेत्री अमेलिया मेन्डेलले रोचक जीवन बिताउँदा आफूलाई बूढो भएको महसुस नहुने बताइन् । आफूसँग कुरा गर्नका लागि धेरै मिठा यादहरू भएको उनी बताउँछिन् । वाइनमेकर १०१ वर्षका फर्नान्डो केवियाले आफू अहिले पनि दैनिक पढ्ने बताएका छन् । उनी भन्छन्, ‘जब तपाईँ पढ्नुहुन्छ तब तपाईँ नयाँ कुराहरू सिक्नुहुन्छ जसले तपाईंको जिज्ञासा बढाउने गर्छ । अगाडि बढ्नु पर्छ त्यसैले अल्छी नहुनुहोस् ।’
‘तपाईँ धैर्य पनि हुनुपर्छ र तनाव लिनु हुँदैन,’ १०६ वर्षीय जोन अर्क्वार्ट भन्छन् । ‘सम्भव भएसम्म विदेश यात्रा गर्नुहोस् । अन्य देश र त्यहाँका मानिसहरूको जीवनशैली हेर्नुहोस् । कुनै भाषा सिक्नुहोस् ।’
उनी जर्मन र फ्रान्सेली बोल्छन् । उनले ८० को दशकमा जर्मनमा ए–लेभल पास गरेका थिए ।
पैसाको पछि नलाग्नुस्, सधैँ मिजासिलो हुनुहोस्
कम्पनीका निर्देशक रहेका १०० वर्षीय पिटर ह्वाइटली भन्छन्, ‘सधैँ मिजासिलो हुनुहोस् र मौका मिलेसम्म हाँसिरहनुहोस् । आफ्नो आँखा खुला राख्नुहोस् र वरपर के भइरहेको छ हेर्नुहोस् । पैसाको पछि नलाग्नुस्, सानोतिनो कुरामा पनि खुसी खोज्नुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर कोमामा
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु