गैरकानुनीरुपमा विद्युत् लाइन जडान गर्न नमानेपछि रौतहटमा प्राधिकरणका कर्मचारीमाथि कुटपिट
काठमाडौँ । रौतहट जिल्लामा विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट भएको छ । रौतहटको मौलापुर वितरण केन्द्रको परिसरबाट इञ्जिनियर महेन्द्र चौधरीलाई अपहरण शैलीमा उठाएर कुटपिट गरेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले अनुसार करिब ३० जनाको समूहमा आएको व्यक्तिहरूले इञ्जिनियर चौधरीलाई चार पाङ्ग्रे गाडीमा उठाएर अपहरण शैलीमा लगेर कुटपिट गरेको बताएका छन् । उनका अनुसार उक्त समूहले गत शुक्रबार ५ गते बिहान ९ बजेतर्फ आएको समूहले चौधरीलाई उठाएर अनधिकृतरुपमा विद्युत् लाइन जडान गर्न दबाब दिएको थियो ।
तर, चौधरीले उक्त समूहको दबाब अस्वीकार गरेपछि कुटपिट गरेर छाडेको भट्टराईले बताएका छन् । ‘उनीहरूले विद्युत् प्राधिकरणको मौलापुर वितरण केन्द्रको परिसरभित्र प्रवेश गरी सो कार्यालयका सहायक इन्जिनियर चौधरीलाई अपहरण शैलीमा जबरजस्ती चार पाङ्ग्रे गाडीमा राखेर लगेर अनधिकृतरुपमा विद्युत् लाइन जडान गर्न लगाएका थिए,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सो दबाब निज कर्मचारीलाई कुटपिट गरेको घटनाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्राधिकरणले दोषीलाई कारबाही गरेर अत्यावश्यक वस्तुको रुपमा रहेको विद्युत्को सहज आपूर्तिमा सहयोग पुर्याउन सम्बद्ध सबै निकायलाई अनुरोध समेत गरेको छ । यस घटनाको जानकारी प्राधिकरणको स्थानीय कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भइसकेको बताइएको छ ।
‘विद्युत् जस्तो अत्यावश्यक सेवामा खटिने इमानदार राष्ट्रसेवक कर्मचारी माथि भएको दुर्व्यवहार प्रति नेपाल विद्युत् प्राधिकरण गहिरो खेद प्रकट गर्दछ र सो घटनाका दोषीहरूलाई हदै सम्मको कारबाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण