बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘हामीले राष्ट्रपति मागेका होइनौँ, प्रचण्ड आफैले प्रस्ताव गर्नुभएको हो’

सोमबार, ०८ फागुन २०७९, १९ : ०७
सोमबार, ०८ फागुन २०७९

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले उद्धार गरेको बताएका छन् । 

उनले एमालेले राष्ट्रपति मागेको नभई प्रचण्ड आफैले प्रस्ताव गरेको बताए ।

एमालेले सुरु गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरे । 

‘जनादेश अनुसार हामी प्रतिपक्षको मानसिकतामा थियौं,’ उनले भने,‘ कांग्रेसले प्रधानमन्त्री नदिएपछि कमरेड प्रचण्ड हामीसँग आउनुभयो र हामीले प्रधानमन्त्री बनाएर उद्धार गरिदिएका हौं ।’

एमालेलाई राष्ट्रपतिमा सघाउने माओवादीकै प्रस्ताव भएको चर्चा गर्दे भट्टराईले आफैले गरेको प्रस्तावबाट प्रचण् पछि नहट्नेमा विश्वास व्यक्त गरे ।

सचिव भट्टराइले ०६२ सालपछि माओवादी पार्टी एमालेकरण भएको र नेपाल कम्युनिष्ट पार्टी विभाजन नभएको भए कमरेड प्रचण्ड नै जनताको बहुदलीय जनवादको असल व्याख्याता भइसक्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप