‘जय सन्तोषी मां’ की चर्चित अभिनेत्री बेला बोसको निधन
वरिष्ठ अभिनेत्री तथा शास्त्रीय नृत्याङ्गना बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात् सोमबार ७९ वर्षको उमेरमा उनी संसारबाट बिदा भएन् । उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो । बेलाले सन् १९५० देखि १९८० को बीचमा २०० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरिन् । उनले ‘जीने की राह’ र ‘जय सन्तोषी माँ’ जस्ता ब्लकबस्टर फिल्महरूमा उत्कृष्ट अभिनय गरिन् ।
बेला राष्ट्रिय स्तरकी पौडी खेलाडी पनि थिइन्
बेलाको विवाह अभिनेता तथा फिल्ममेकर आशिस कुमारसँग भएको थियो । अभिनेत्री हुनुका साथै बेला एक दक्ष चित्रकार र राष्ट्रिय स्तरको पौडी खेलाडी थिइन् । फिल्म ‘मै नशे मे हुँ’ मा बेलालाई उनको उचाइका कारण राज कपूरको अपोजिटमा मुख्य नर्तकीको भूमिका मिल्यो । तर, धेरै अग्ली भएका कारण उनको हातको धेरै फिल्म पनि गयो ।
कुलीन परिवारकी थिइन्
बेला बोसको जन्म एक कुलीन परिवारमा भएको थियो । रिपोर्टका अनुसार जुन बैङ्कमा उनको परिवारको सबै पैसा राखिएको थियो, त्यो बैङ्क डुबेको थियो । जसका कारण परिवारले आर्थिक सङ्कट झेल्नुपरेको थियो । ३६ वर्षको उमेरमा उनका पिताको पनि सडक दुर्घटनामा निधन भएको थियो ।
एक्कासि परिवारमा दुःखको पहाड खस्यो । परिवारलाई आर्थिक सहयोग पु¥याउन उनले सानै उमेरमा चलचित्रमा ग्रुप डान्सरको रूपमा काम गर्न थालिन् ।
उत्कृष्ट चलचित्रमा गरेकी छिन् काम
बेलाले आफ्नो करियरमा ‘जिंदगी और मौत’, ‘रकी मेरा नाम’, ‘शिकार’ र ‘हवा महल’ जस्ता उत्कृष्ट फिल्ममा काम गरिसकेकी छिन् । उनले १७ वर्षको उमेरमा सन् १९६२ मा रिलिज फिल्म ‘सौतेला भाई’बाट डेब्यू गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण