राजनीति
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता
बुधबार, १० फागुन २०७९, १० : ५७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए ।
दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अोलीबीच आज भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । अध्यक्ष अोलीले पूर्व सहमति अनुसार एमालेले अध्यक्ष पाउनुपर्ने भन्दै आएका छन् भने प्रधानमन्त्री प्रचण्ड सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् ।
यसअघि पनि उनीहरुको बीचमा पटक पटक छलफल भएको थियो । तर दुवैजना आआफ्नै अडानमा रहेका कारण सहमति हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण