विधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्दै जसपा
शुक्रबार, १२ फागुन २०७९, १८ : १९
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदाबारे पार्टी संरचनाभित्र छलफल र सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ । शुक्रबार पार्टी कार्यालयमा विधान मस्यौदा समितिले संगठनको प्रारूपबारे छलफल गरेको हो ।
पहिचानमा आधारित (१०+१) राष्ट्रिय समिति र विद्यमान सात प्रदेशबीचको अधिकार क्षेत्रका बारेमा आजको छलफल केन्द्रित रहेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।
सांगठनिक संरचनाबारे केन्द्रित छलफलमा पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यहरू रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, शिवलाल थापा, सुशीला श्रेष्ठ लगायतका नेता, कार्यकर्ताहरूको उपस्थिति थियो । विधान अधिवेशन चैत्र २७, २८ र २९ गते काठमाडौँमा गने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण