शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्दै जसपा

शुक्रबार, १२ फागुन २०७९, १८ : १९
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदाबारे पार्टी संरचनाभित्र छलफल र सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ । शुक्रबार पार्टी कार्यालयमा विधान मस्यौदा समितिले संगठनको प्रारूपबारे छलफल गरेको हो । 

पहिचानमा आधारित (१०+१) राष्ट्रिय समिति र विद्यमान सात प्रदेशबीचको अधिकार क्षेत्रका बारेमा आजको छलफल केन्द्रित रहेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।  

सांगठनिक संरचनाबारे केन्द्रित छलफलमा पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यहरू रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, शिवलाल थापा, सुशीला श्रेष्ठ लगायतका नेता, कार्यकर्ताहरूको उपस्थिति थियो । विधान अधिवेशन चैत्र २७, २८ र २९ गते काठमाडौँमा गने निर्णय गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप