२० तस्विरमा हेर्नुहोस् पुतलीसडकस्थित शेयर मार्केट भवनमा भएको आगलागी
सोमबार, १४ फागुन २०७४, ११ : ५६

काठमाडौँ । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।
उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।
आगो काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा तत्काल नियन्त्रण भएपछि ठूलो क्षति हुनबाट जोगिएको छ । आगलागीको कारण र क्षतिको विवरण आईनसकेको प्रहरीले जनाएको छ ।
आगो निभाउन चारवटा दमकल प्रयोग गरिएको थियो।
बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।