शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विलियमसन बने टेस्टमा न्युजिल्याण्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी

सोमबार, १५ फागुन २०७९, १४ : १८
सोमबार, १५ फागुन २०७९

वेलिङटन । केन विलियमसन टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले रस टेलरको ७ हजार ६८३ रनको रेकर्डलाई उछिनेका हुन् । विलियमसनले ७ हजार ७८७ रन बनाएका छन् । उनले टेलरभन्दा २० खेल कम खेलेर सो रेकर्ड तोड्न सफल भए ।

टेस्ट क्रिकेटमा विलियमसनको औसत ५५.३३ रहेको छ । जुन कम्तिमा २० खेल खेलका कुनै पनि न्युजिल्याण्डका खेलाडीभन्दा धेरै हो । त्यस्तै, २६ शतक बनाएका विलियमसन टेस्टमा देशका सबैभन्दा धेरै शतक बनाउने खेलाडी पनि हुन् । अन्य कुनै खेलाडीले २० वटा शतक कटाउन सकेका छैनन् । उनीपछि टेलरले १९ शतक बनाएका छन् ।

उनले टेस्टमा ५ वटा दोहोरो शतक पनि बनाएका छन् भने १५० भन्दा बढी रन ९ पटक तथा ५९ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् । जुन न्युजिल्याण्डका लागि अर्को रेकर्ड हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप