विलियमसन बने टेस्टमा न्युजिल्याण्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी
सोमबार, १५ फागुन २०७९, १४ : १८
वेलिङटन । केन विलियमसन टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले रस टेलरको ७ हजार ६८३ रनको रेकर्डलाई उछिनेका हुन् । विलियमसनले ७ हजार ७८७ रन बनाएका छन् । उनले टेलरभन्दा २० खेल कम खेलेर सो रेकर्ड तोड्न सफल भए ।
टेस्ट क्रिकेटमा विलियमसनको औसत ५५.३३ रहेको छ । जुन कम्तिमा २० खेल खेलका कुनै पनि न्युजिल्याण्डका खेलाडीभन्दा धेरै हो । त्यस्तै, २६ शतक बनाएका विलियमसन टेस्टमा देशका सबैभन्दा धेरै शतक बनाउने खेलाडी पनि हुन् । अन्य कुनै खेलाडीले २० वटा शतक कटाउन सकेका छैनन् । उनीपछि टेलरले १९ शतक बनाएका छन् ।
उनले टेस्टमा ५ वटा दोहोरो शतक पनि बनाएका छन् भने १५० भन्दा बढी रन ९ पटक तथा ५९ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् । जुन न्युजिल्याण्डका लागि अर्को रेकर्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण