कमला नदी पुलको निर्माण दुई साताभित्र सुरु गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
सोमबार, १५ फागुन २०७९, १६ : ३९

जनकपुरधाम । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले धनुषा र सिराहालाई जोड्ने कमला नदी पुलको निर्माण कार्य दुई हप्ताभित्र सुरु गर्न निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले सोमबार उक्त पुलको निरीक्षण गर्दै ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । उनले पुलको डिजाइन पेश भइसकेको बताउँदै सो डिजाइन स्वीकृत गराएर निर्माण कार्य सुरु हुने बताए ।
निरीक्षणको क्रममा स्थानीयहरूले उपप्रधानमन्त्री श्रेष्ठसँग हाललाई अस्थायी पुल बनाउन माग गरेका थिए । उनले सर्वसाधारणलाई तत्काल आवतजावत गर्न नदीमा ह्युमपाइप राखिदिन समेत निर्माण कम्पनीलाई निर्देशन दिए ।
तराई मधेसको लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गतको उक्त पुल नबन्दा धनुषा र सिराहाका सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’