बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कागती र बेसार अनुहारमा लगाउनाले के हुन्छ ? याे लगाउने सही तरिका के ?

मङ्गलबार, १६ फागुन २०७९, १० : १५
मङ्गलबार, १६ फागुन २०७९

अनुहारको सौन्दर्यमा निखार ल्याउन मानिसहरू के गर्दैनन् । कोही फेसियल, क्रिमको माध्यमबाट अनुहारलाई सुन्दर बनाउने प्रयास गर्छन् भने कतिपयले फेसियल ब्युटी सर्जरी गराएर अनुहारको रङ निखार्न खोज्छन् । तर यसका आफ्नै सकारात्मक र नकारात्मक पाटा छन् । यद्यपि अधिकांश मानिसहरू अझै पनि घरेलु उपचार मार्फत छालालाई सुन्दर बनाउन चाहन्छन् । यी मध्ये एक घरेलु उपाय कागती र बेसारको प्रयोग हो । १० मध्ये ९ जनाले अनुहारमा कागती र बेसारको प्रयोग गर्छन् तर उनीहरूलाई थाहा छैन यसले के गर्छ र अनुहारमा लगाउने सही तरिका के हो । त्यसैले आज यस लेखमा हामी तपाईँलाई अनुहारमा कागती र बेसार लगाउनाले के हुन्छ र यो लगाउने सही तरिका बताउन गइरहेका छौँ । 

कागती र बेसार अनुहारमा लगाउनाले के हुन्छ ?

कागती र बेसारको प्रयोगले अनुहारमा निखार ल्याउन मद्दत गर्छ । यसका साथै यसले पिम्पल हटाउन र छालालाई दागरहित बनाउन मद्दत गर्छ । वास्तवमा, कागतीमा प्राकृतिक ब्लिच पाइन्छ, जसले छालालाई गहिरो गरी सफा गर्छ र रङ निखार्छ । साथै बेसारमा पाइने भिटामिन सी, के, एन्टी ब्याक्टेरियल, एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुणले छालाको दाग हटाउँछ ।

अनुहारमा कागती र बेसार लगाउने सही तरिका

अनुहारको समस्या हटाउन कागती र बेसारलाई निम्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ:

– सबैभन्दा पहिले एउटा कचौरामा एक चम्चा बेसार लिनुहोस् ।

– बेसारमा एक चम्चा मह र दुई चम्चा कागतीको रस मिसाउनुहोस् ।

– यी सबै चीजहरूलाई राम्रोसँग मिसाएर पेस्ट बनाउनुहोस्

– अब अनुहार राम्ररी सफा गर्नुहोस् र यो पेस्ट लगाउनुहोस् ।

– करिब २० मिनेटसम्म छोडे पछि आफ्नो अनुहार धुनुहोस् ।

– याद राख्नुहोस् कि कागती र बेसार प्रयोग गरेपछि अनुहारमा कुनै पनि प्रकारको ब्युटी प्रडक्ट वा क्रिम प्रयोग गर्नु पर्दैन ।

अनुहारमा कागती र बेसार कहिले प्रयोग गर्नु हुँदैन ?

यदि तपाईँ अनुहारमा कागती र बेसार प्रयोग गर्दै हुनुहुन्छ भने, ध्यान दिनुहोस् कि तपाईंको छाला मोइस्चराइज र हाइड्रेटेड हुनुपर्छ । यदि तपाईँको छाला संवेदनशील, सुख्खा छ भने अनुहारमा कागती र बेसारको प्रयोग नगर्नुहोस् । जसको छालामा कुनै किसिमको घाउ, चोटपटक वा काटिएको छ भने कागतीको प्रयोग कुनै पनि तरिकाले नगर्नुहोस् । जुन दिन तपाईँ अनुहारमा कागती र बेसारको प्रयोग गरिरहनुभएको छ भने त्यस दिन घाम वा धुलोको सम्पर्कमा नआउने कोसिस गर्नुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप