किशोर कुमारको बायोपिकमा रणवीर कपूर : भने – यसमा ११ वर्षदेखि काम गर्दै छु
बलिउड अभिनेता रणवीर कपुर स्वर्गीय अभिनेता तथा गायक किशोर कुमारको बायोपिकमा चाँडै देखिने भएका छन् । हालै रणवीरले आफ्नो आगामी फिल्म ‘तू झुठी मै मक्कार’ को प्रमोशनल इभेन्टमा यो खबरको पुष्टि गरेका छन् ।
यो फिल्मको स्क्रिप्ट अनुराग बसुले लेखिरहेका छन्
यस क्रममा रणवीरले भने, ‘म किशोर कुमारको बायोपिकको हिस्सा हुँ र विगत ११ वर्षदेखि यसमा काम गरिरहेको छु । अनुराग बसुले कथा लेख्दै छन् । ’ यससँगै रणवीरले यो उनको अर्को बायोपिक हुनसक्ने आशा व्यक्त गरेका छन् ।
गत वर्ष किशोरका छोराले पनि बायोपिक बनाउने दिए जानकारी
गत वर्ष, इटाइम्सलाई दिएको एक अन्तरवार्तामा, किशोर कुमारका छोरा अमित कुमारले आफ्नो बुबाको बायोपिकको बारेमा कुरा गर्दै भनेका थिए, ‘हामी मेरो बुबामाथि पनि बायोपिक बनाइरहेका छौँ ।’
यसलाई अनुराग बसु र रणवीर सँग मिलेर बनाउने योजना छ हो भनेर उनलाई सोधिएको थियो । यो प्रश्नको जवाफमा उनले भने, ‘होइन, अब हामी यसलाई आफैँ निर्माण गर्नेछौँ । हामीले यो लेख्न सुरु गरेका छौँ ।’
अब रणवीरको यो बयानपछि मानिस भ्रममा परेका छन् । अमितले यसबारे गलत जानकारी किन दिए भनेर धेरैले प्रश्न सोधिरहेका छन् ।
किशोर कुमार धेरै भाषामा गाउने गर्थे
किशोर कुमार अब यो संसारमा रहेनन् तर उनको आवाजको जादु आज पनि छ । उनका गीत, सङ्गीत प्रेमीहरूको पहिलो रोजाई हुन् । उनले हिन्दी, बङ्गाली, असमिया, गुजराती, भोजपुरी, कन्नड, मलयालम र उर्दूमा गीत गाए । किशोरको जन्म ४ अगस्ट १९२९ मा मध्य प्रदेशको खाण्डवामा भएको थियो । उनको बाल्यकालको नाम आभास कुमार गांगुली थियो, तर पछि उनले आफ्नो नाम बदलेर किशोर कुमार राखे ।
किशोर कुमारले ४ विवाह गरेका थिए
किशोर कुमारले चार पटक विवाह गरेका थिए । उनकी पहिलो श्रीमती रुमा गुहा थिइन् दोस्रो मधुबाला, तेस्रो योगिता बाली र चौथो लीना चन्दावरकर थिए । उनको ३६ वर्ष अघि (१३ अक्टोबर सन् १९८७) मा निधन भएको थियो । उनले आफ्नो करियरमा करिब ११० म्युजिक निर्देशकसँग २६७८ फिल्ममा गाएका थिए । यसबाहेक किशोरले करिब ८८ फिल्ममा अभिनेताको रूपमा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण