शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मस्को नजिक ड्रोन दुर्घटना, रुसले के भन्यो ?

बुधबार, १७ फागुन २०७९, १० : ०१
बुधबार, १७ फागुन २०७९

रुसको मस्को क्षेत्रमा ड्रोन दुर्घटना भएको खबर छ । यस सम्बन्धमा त्यहाँका गभर्नरले आवासीय क्षेत्रमा आक्रमण गर्ने प्रयासको रूपमा यो ड्रोन पठाइएको हुनसक्ने बताएका छन् । रक्षा मन्त्रालयले दुई युक्रेनी ड्रोन खसालेको जानकारी दिएपछि गभर्नर एन्ड्रे भोरोब्योभको यो बयान आएको हो ।

युक्रेनले रुस भित्र भएको आक्रमणको जिम्मेवारी लिएको छैन । यो ड्रोन दुर्घटना भएको ठाउँ रुसको सरकारी एनर्जी कम्पनी गाजप्रोमको इकाइ हो । यो ठाउँ मस्को देखि १०० किलोमिटर टाढा छ ।

गाजप्रोमले रुसको समाचार एजेन्सी नोवोस्तीसँगको कुराकानीमा कोलोम्ना जिल्लामा कम्पनीको काममा कुनै अवरोध नआएको बताएको छ ।

आन्द्रे वोरोब्योभले टेलिग्राममा लेखेका छन्, ‘ड्रोनको लक्ष्य कोलोम्नाको आवासीय क्षेत्र थियो, जसमा कुनै क्षति पुगेको छैन । जनधनको क्षति पनि भएको छैन । रुसको सुरक्षा सेवा र अन्य एजेन्सीहरू घटनास्थलमा छन् र अनुसन्धान जारी छ ।’

रुसका सञ्चारमाध्यम र अधिकारीहरूले शेयर गरेका तस्बिरहरूमा ड्रोन रुखको बीचमा खसेको र नजिकै हिउँ परेको देख्न सकिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप