बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुपरडुपर फ्लप भयो सलमानको ‘ट्युबलाइट’, यी चर्चित सेलिब्रिटी पनि भइसकेका छन् नराम्रोसँग फ्लप

सोमबार, १९ असार २०७४, १३ : १३
सोमबार, १९ असार २०७४

‘बजरंगी भाइजान’ मा ३ सय ३० करोड र ‘सुल्तान’ मा ३ सय करोडको कारोबार गर्ने सलमान खानको फ्रेस रिलिज ‘ट्युबलाइट’ बक्स अफिसमा फ्लप मात्र नभई सुपरडुपर फ्लप फिल्म साबित भयो ।

दर्शकलाई मन परेन सलमानको रोदनः

सलमान खानको इमेज ‘लार्जर द्यान लाफन’ हो । तर ट्युबलाइटमा उनको भूमिकाले एक्सन, डान्स, रोमान्स र कमेडी केही पनि गर्दैन । सलमानको फाइट र फिल्मभरी नै रुनु दर्शकलाई मन परेन । सलमानको कम्पनीबाट फिल्म १ सय ३५ करोडमा एनएच स्टूडियोले खरिद गर्यो । स्टुडियोले यसलाई भिन्न–भिन्न वितरकलाई बेचे । हरेकलाई ५० प्रतिशत नोक्सानी भयो जस्तै, गुजरातको वितरकले यसलाई १६ करोडमा खरिद गरेको थियो, यसलाई ९ करोडको घाटा भयो । बंगालको वितरकले ७.५ करोडमा खरिद गरे र यसलाई ४ करोड घाटा भयो । ट्युबलाइटले पहिलो हप्तामा १ सय २ करोडको कारोबार गरेको छ । लाइफ टाइम कारोबार १ सय २० हुने अनुमान छ । वितरकलाई लाभ हुनका लागि फिल्मको कारोबार २ सय ७० करोड हुनु जरुरी थियो । फिल्मको निर्माण ६० करोडमा भएको थियो ।

प्रयोगात्मक वा परम्परागत भूमिकाभन्दा भिन्न रोलको चक्करमा यस्ता फ्लप फिल्ममा अभिनय गर्ने सलमान एक्ला नायक भने होइनन् । लगभग सबै ठूला स्टारले आफ्नो छवी परिवर्तन गर्नका लागि ठूला फिल्म बनाए र ती बक्स अफिसमा नराम्ररी फ्लप भयो ।

शाहरुख खानः

‘फ्यान’ मा युवा शाहरुखको प्रयोगलाई कसैले मन पराएनन् । दर्शकलाई को–स्टारको वास्तविकता र ‘फ्यान’ को प्रेम दुबै मन परेन । फलस्वरुप फिल्मले ७५ करोड मात्र कमायो । यो शाहरुखको सामान्य फिल्मको कमाई आधा पनि थिएन ।

अमिताभ बच्चनः आवाज परिवर्तन गर्नु भूल

अमिताभको आवाज उनको ताकत र आकर्षण हो । उक्त आवाजलाई निर्देशक मुकुल आनन्दले अग्निपथमा परिवर्तन गरे । दर्शकले त्यसलाई मन पराएनन् । फिल्म एक करोड प्रति वितरण क्षेत्रमा बेचिएको थियो । हरेक क्षेत्रमा ५० लाखको घाटा भयो ।

रजनीकान्तः साधु र एनिमेटेड रुप रुचाइएन

सन् २००२ मा रिलिज भएको ‘बाबा’ को कहानी पुनर्जन्म र साधुमा आधारित थियो । दर्शकलाई बाबाको इमेज मन परेन । फिल्म ३० करोडमा बेचिएको थियो । यसमा १६ करोडको घाटा भयो । यस्तै, ‘कोचादाइयां’ मा रजनीको एनिमेशन भर्सनलाई प्रशंसकले रुचाएनन् । फिल्म ८५ करोडमा बेचिएको थियो जसमा ४५ करोडको घाटा भयो ।

ऋतिक रोशनः काइट्स दुई देशको संस्कृतिमा उल्झियो

ऋतिक हरेक फिल्ममा एकै प्रकारको भूमिकामा देखिन्छन् । काइट्स दुई देशको संस्कृतिमा उल्झिएको कहानी थियो जसलाई दर्शकले झेल्न पाएनन् । रिलायन्स इन्टरटेन्मेन्टले १ सय २० करोडमा उक्त फिल्म खरिद गरेको थियो र ७० करोडको घाटा भयो । यस्तै फिल्म मोहनजोदारोले त्यो संस्कृतिलाई नै स्थापित गर्न पाएन, क्लाइमेक्स पनि दर्शकलाई हाँस्यदृश्य जस्तो लाग्यो । डिज्नी स्टुडियोले १ सय २५ करोडमा फिल्म खरिद गरेको थियो र बदलामा ७५ करोड फिर्ता भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप