दक्षिण अफ्रिकामा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु
जोहानेसबर्ग । दक्षिण अफ्रिकामा शुक्रबार सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लिम्पोपो प्रान्तको मोटेमामा बिहान दुई ट्याक्सी र एउटा भारी गाडी ठोक्किँदा १६ जनाको मृत्यु भएको लिम्पोपो यातायात तथा सामुदायिक सुरक्षा विभागले जनाएको छ ।
विभागका प्रवक्ता टिडिमालो चुएनले सिन्ह्वासँग भने, 'आज बिहान एउटा ट्याक्सी असुरक्षित रुपमा ओभरटेक गरेर एउटा ट्रक र अर्को ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।'
दुर्घटना भएका ट्याक्सीहरूमध्ये एउटाले विक्षार्थीहरूलाई विद्यालय पु¥याइरहेको थियो । मृत्यु हुनेमा दुई ट्याक्सीका चालक र छ जना विद्यार्थी रहेको जनाइएको छ ।
घटनास्थलमा रहेका कानुन प्रवर्तन अधिकारीहरूलाई उद्धृत गर्दै लापरबाहीपूर्वक सवारी चलाउनुलाई दुर्घटनाको सम्भावित कारणको रूपमा उल्लेख गरेको चुएनेले बताए । गम्भीर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको विभागले जनाएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण