महिला प्रिमियर लिग आजदेखि, गुजरात र मुम्बईको टोली आमनेसामने हुँदै
मुम्बई । इन्डियन प्रिमियर लिग जस्तै महिलाको आफ्नै वुमन्स प्रिमियर लिग अर्थात् डब्ल्यूपीएल आजदेखि सुरु हुँदैछ । शनिबार पहिलो खेल गुजरात जायन्ट्स र मुम्बई इन्डियन्सबीच हुँदैछ । हरमनप्रीत कौरले मुम्बई र बेथ मुनीले गुजरात टोलीको नेतृत्व गर्दैछिन्।
यस प्रतियोगितामा कुल २१ खेल हुनेछन् र यी खेलहरू पाँच टोलीबीच हुनेछन्। यी टोलीहरुमा जम्मा ८७ खेलाडी छन् ।
यसपटक मैदानमा रहेका पाँच टोलीलाई करिब ४ हजार ६ सय करोड भारुमा किनिएको छ । यसमा अडानी समूहले १,२८९ करोड भारुमा किनेको गुजरातको टोली पनि समावेश छ। खेलाडी किन्न करिब ६० करोड भारतीय रुपैयाँ खर्च भएको छ ।प्रतियोगिताको सबैभन्दा महँगो खेलाडी स्मृति मन्धाना हुन्, जसलाई रोयल च्यालेन्जर्स बैंगलोरले ३.४ करोडमा किनेको थियो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले महिला प्रिमियर लिग सञ्चालन गर्नेछ र यसको स्वामित्व पनि बोर्डसँग हुनेछ। पहिलो पाँच वर्षमा बीसीसीआईले खेलबाट हुने नाफाको ८० प्रतिशत फ्रेन्चाइज मालिकहरूलाई दिनेछ। त्यसपछि पाँच सिजनमा नाफाको ६० प्रतिशत बाँडफाँड हुनेछ । यसबाहेक फ्रान्चाइजीहरूले व्यापार, टिकट बिक्री र विज्ञापनबाट पनि नाफा कमाउन सक्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण