बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डको केर्माडेक टापुमा शक्तिशाली भूकम्प

शनिबार, २० फागुन २०७९, १३ : ४०
शनिबार, २० फागुन २०७९

हङकङ  । न्युजिल्याण्डको केर्माडेक टापुमा शक्तिशाली भूकम्प गएको छ  । शनिबार बिहान सो टापुमा ६ः ४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको  बताइएको छ ।  भूकम्पको असरबारे विस्तृत विवरण भने सार्वजनिक  हुन बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप