दुर्घटना
ओखलढुङ्गा दुर्घटना अपडेट : दुई जनाको मृत्यु
घाइतेको हेलिकप्टरबाट उद्धार
आइतबार, २१ फागुन २०७९, १० : ३२
काठमाडौँ । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठसहित दुई जना छन् ।
ना.१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको ओखलढुङ्गाका डिएसपी दीपक केसीले रातोपाटीलाई बताए । दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । अरू गम्भीर घाइतेहरूलाई पनि हेलिकप्टरबाट उद्धार भइरहेको डिएसपी केसीले जानकारी दिए ।
जिप सुमन कार्कीले चलाएका थिए । दुर्घटनामा परेर घाइते हुनेमा भक्त बहादुर थापा, चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण