इमरान खानलाई पक्राउ गर्न प्रहरी असफल
लाहौर । पाकिस्तानको इस्लामावाद प्रहरीले पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानलाई लाहोरस्थित जमान पार्क निवासबाट आइतबार पक्राउ गर्न असफल भएको छ ।
जमान पार्क पुग्नुअघि इस्लामाबाद प्रहरीले ट्विटरमा इमरान खान विरुद्ध गैर जमानती वारेन्ट जारी भएको र प्रहरीको टोली उनलाई पक्राउ गर्न लाहोर पुगेको जानकारी दिएको थियो । योसँगै इस्लामावाद प्रहरीले आफ्नो काममा हस्तक्षेप गर्नेलाई कडा कारबाही पनि गरिने उल्लेख थियो ।
तर यी सबै प्रयासपछि पनि इस्लामाबाद प्रहरीसले इमरान खानलाई पक्राउ गर्न सकेन । उनीहरुले इमरान खानका समर्थकहरूको विरोधको सामना गर्नुपरेको थियो। यता, इस्लामावादको तल्लो अदालतले इमरान खानको गैरजमानती गिरफ्तारी वारेन्ट खारेज गर्ने निवेदन खारेज गरेको छ। सत्र न्यायाधीश जफर इकबालले तोशाखाना मुद्दामा इमरान खानको लागि गैर जमानती पक्राउ वारेन्ट जारी गरेका छन्। यस्तो अवस्थामा उनलाई मार्च ७ मा पेश गरिने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण