आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानको एच–थ्री रकेट प्रक्षेपण असफल, अन्तरिक्ष कार्यक्रममा धक्का

मङ्गलबार, २३ फागुन २०७९, १४ : ३५
मङ्गलबार, २३ फागुन २०७९

टोकियो । जापानको एच–थ्री रकेटको मंगलबार गरिएकोप्रक्षेपण असफल भएको छ । रकेटको लिफ्टअफको मात्र १५ मिनेटमा नै कन्ट्रोलरले ‘डिस्ट्रक्ट’ (विनाश) को सन्देश दिएको जापानको स्पेस एजेन्सीले जानकारी दिएको हो ।

‘अभियान सफल हुने सम्भावना नभएपछि बिहान १०ः५२ मिनेटमा एच–थ्रीमा डिस्ट्रक्टको कमान्ड पठाइएको थियो,’ जापान एरो स्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै एनएचकेको रिपोर्टमा एच–थ्री रकेटको दोस्रो चरण सुरु नै भएन ।

जापानको तानेगासिमा स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको रकेटमा एडभान्स ल्याण्ड अबजर्भेसन स्याटेलाइट–३ (एएलओएस–३) रहेको थियो । यसअघि फेब्रुअरी १७ मा पनि रकेट प्रक्षेपणको प्रयास असफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप