जापानको एच–थ्री रकेट प्रक्षेपण असफल, अन्तरिक्ष कार्यक्रममा धक्का
मङ्गलबार, २३ फागुन २०७९, १४ : ३५
टोकियो । जापानको एच–थ्री रकेटको मंगलबार गरिएकोप्रक्षेपण असफल भएको छ । रकेटको लिफ्टअफको मात्र १५ मिनेटमा नै कन्ट्रोलरले ‘डिस्ट्रक्ट’ (विनाश) को सन्देश दिएको जापानको स्पेस एजेन्सीले जानकारी दिएको हो ।
‘अभियान सफल हुने सम्भावना नभएपछि बिहान १०ः५२ मिनेटमा एच–थ्रीमा डिस्ट्रक्टको कमान्ड पठाइएको थियो,’ जापान एरो स्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै एनएचकेको रिपोर्टमा एच–थ्री रकेटको दोस्रो चरण सुरु नै भएन ।
जापानको तानेगासिमा स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको रकेटमा एडभान्स ल्याण्ड अबजर्भेसन स्याटेलाइट–३ (एएलओएस–३) रहेको थियो । यसअघि फेब्रुअरी १७ मा पनि रकेट प्रक्षेपणको प्रयास असफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण