पोल्याण्डले युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने
वार्सा । पोल्याण्डले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । सैन्य सहायताअन्तर्गत दश वटा लियोपार्ड ट्याङ्क युक्रेनलाई प्रदान गरिने पोल्याण्डले मंगलबार बताएको हो ।
युक्रेनले पोल्याण्डबाट प्राप्त हुने लियोपार्ड ट्याङ्कहरू रुसी आक्रमणको सामना गर्न महत्वपूर्ण हुने जनाएको छ ।
युरोपेली सङ्घका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन स्टकहोम प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै पोल्याण्डका रक्षामन्त्री मारिसाज ब्लासजाकले युक्रेनलाई प्रदान गरिने युद्ध ट्याङको मर्मतसम्भारका निम्ति आवश्यक व्यवस्था पनि युक्रेनमा नै गरिने जानकारी दिए ।
यसअघि पोल्याण्डले जर्मनीमा निर्मित चारवटा लियोपार्ड हेभी ट्याङ्क किएभलाई उपलव्ध गराएको थियो । पोल्याण्डका रक्षामन्त्रीले जर्मनीका आफ्ना समकक्षीसँग युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने सम्बन्धमा पनि स्टकहोममा छलफल गर्ने बताए । (रासस/ एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण