आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

बुधबार, २४ फागुन २०७९, २३ : ०२
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । 

बिहीबार (भोलि) हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।  राष्ट्रपति निर्वाचनमा प्रतिनिधि, राष्ट्रिय र प्रदेशसभा सदस्यले मतदान गर्ने व्यवस्था रहेको छ । राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्य र २८ जना प्रदेशसभा सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप