रुसद्वारा युक्रेनका धेरै सहरमा मिसाइल प्रहार, कम्तीमा पाँच जनाको मृत्यु
किभ । रुसले युक्रेनका धेरै सहरमा ठूलो सङ्ख्यामा मिसाइल प्रहार गरेको छ । राजधानी किभको पश्चिमी र दक्षिणी क्षेत्रहरूमा आपत्कालीन सेवाका मानिसहरूलाई राहत र उद्धार कार्यमा खटाइएको छ।
किभका मेयर भिटाली क्लित्सकोले एउटा आवासीय भवनको अगाडि जलिरहेको कारहरू देखिएको बताएका छन्। उनले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार यी हमलाहरूमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
खार्किभ र आसपासका क्षेत्रमा रहेको यो आवासीय भवनबाहेक महत्त्वपूर्ण स्थानमा रुसी पक्षबाट कम्तीमा १५ वटा मिसाइल प्रहार गरिएको छ । युक्रेनको दक्षिणी भाग ओडेसामा पनि क्षति पुगेको समाचार छ । युक्रेनको इनर्जी कम्पनीले यो हमलापछि जापोरिज्ह्या न्यूक्लियर प्लान्टबाट विद्युत् आपूर्ति बन्द भएको बताएको छ । पश्चिमी सहर लवीभमा पनि विस्फोटको आवाज सुनिएको थियो। युक्रेनका १३ क्षेत्रमा हवाई आक्रमणको साइरन सुनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण