रेल र बस ठोक्किँदा नाइजेरियामा दुई जनाको मृत्यु, ८४ घाइते
बिहीबार, २५ फागुन २०७९, २१ : १९

लागोस । नाइजेरियाको आर्थिक केन्द्र लागोसमा बिहीबार रेल र बस एकापसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनाको साथै अन्य ८४ जना घाइते भएको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा)ले जनाएको छ।
दुर्घटनामा लागोस राज्य सरकारका दुई महिला कर्मचारीहरू मृत फेला नेमाका क्षेत्रीय संयोजक इब्राहिम फारिनलोयेले सिन्ह्वालाई बताएका छन् ।
उनका अनुसार सरकारी कर्मचारी बोक्ने बसले रेल लाइन पार गर्न खोज्दा अबेकुटाबाट लागोस आउँदै गरेको रेलले बसलाई ठक्कर दिएको थियो ।
घाइतेहरूको उपचार भइरहेको छ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालत लगियो
-
आतंकवादविरुद्ध मधेशवादी दलले जनाए ऐक्यबद्धता
-
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
-
लेखकहरू विचार उत्पादनका केन्द्र हुन् : राष्ट्रपति पौडेल
-
एसियाली युथ बक्सिङमा नेपालका सात खेलाडी सहभागी हुने
-
पाकिस्तानले देला भारतीय हवाई आक्रमणको जवाफ ?