रेल र बस ठोक्किँदा नाइजेरियामा दुई जनाको मृत्यु, ८४ घाइते
बिहीबार, २५ फागुन २०७९, २१ : १९
लागोस । नाइजेरियाको आर्थिक केन्द्र लागोसमा बिहीबार रेल र बस एकापसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनाको साथै अन्य ८४ जना घाइते भएको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा)ले जनाएको छ।
दुर्घटनामा लागोस राज्य सरकारका दुई महिला कर्मचारीहरू मृत फेला नेमाका क्षेत्रीय संयोजक इब्राहिम फारिनलोयेले सिन्ह्वालाई बताएका छन् ।
उनका अनुसार सरकारी कर्मचारी बोक्ने बसले रेल लाइन पार गर्न खोज्दा अबेकुटाबाट लागोस आउँदै गरेको रेलले बसलाई ठक्कर दिएको थियो ।
घाइतेहरूको उपचार भइरहेको छ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण