रणवीर अभिनीत ‘ब्रह्मास्त्र’को दुई सिक्वेल बन्ने
मुम्बई । अभिनेता रणवीर कपुर फिल्म ‘तू झुठी मैं मक्कार’ को प्रचारप्रसारमा व्यस्त छन् । होलीको अवसर पारेर रिलिज भएको फिल्ममा श्रद्धा कपूर उनको अपोजिटमा छिन् । फिल्मका निर्देशक लव रञ्जन हुन् । फिल्मले राम्रो व्यवसाय गरिरहेको बताइन्छ ।
यसपछि अभिनेता अयान मुखर्जी र सन्दीप रेड्डी वांगाको फिल्ममा उनी देखिने छन् । फिल्म प्रमोसनको क्रममा रणवीरले ‘ब्रह्मास्त्र’को सिक्वेल समेत बन्ने बताएका छन् । वर्ष २०२३ को अन्त्यसम्म फिल्मको काम सुरु हुने उनले खुलासा गरेका हुन् ।
रणवीरले मिडियासँगको कुराकानीका क्रममा भने, ‘हामी ‘ब्रह्मास्त्र’ २ र ३ बनाउने तयारीमा छौँ । निर्देशक अयान मुखर्जी हाल फिल्मको लेखनमा छन् र आशा छ कि हामी यो वर्षको अन्त्य वा अर्को वर्षबाट फिल्ममा काम सुरु गर्नेछौँ । ‘ब्रह्मास्त्र’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । फिल्ममा रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण