बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

प्रचण्डको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

शुक्रबार, २६ फागुन २०७९, ११ : ३५
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ ।  न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको शुक्रबार सुनुवाई हुँदैछ ।
बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । 

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।  रिटमाथि सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार तोकिएको पेसी हेर्न नभ्याइने भन्दै शुक्रबारलाई सारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप