जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण
अर्घाखाँची । जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ ।
बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी–६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । रैथाने बालीका रुपमा रहेको मकै, गहुँलगायतका सबै अन्नबालीमा बाँदरले बदमासी गर्दा कृषक हैरान छन् । बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकमा छ । चालु आर्थिक वर्षमा वडा कार्यालयले रु चार लाख विनियोजन गरेर जङ्गली जन्तु तथा बादर नियन्त्रण गर्न तारजाली वितरण गरेको हो ।
निर्वाचनको समयमा सबैभन्दा समस्या रहेको बाँदर नियन्त्रण गर्नुपर्ने जनताको माग रहेसँगै बाँदर धपाउन कृषकलाई तारजाली वितरण गरेको वडाध्यक्ष पौडेलको भनाइ छ । वडा कार्यालयको ५० र कृषकको ५० प्रतिशत लगानीमा छ मिटर चौडाइ र एक सय मिटर लम्बाइ भएको जाली गाउँभरिका व्यावसायिक ४६ कृषकलाई ९८ सय मिटर वितरण गरेको हो । नेपालमै नमूना प्रकृतिको कार्यक्रम भई तीन वर्षदेखि अभ्यासमा आएकाले बाँदर तथा जङ्गली जन्तु नियन्त्रण गर्न तारजाली निकै प्रभावकारी हुने पाणिनी गाउँपालिकाका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण