रुपन्देहीको तिलोत्तमामा रोजगार सूचना मेला हुने
रुपन्देही । तिलोत्तमा नगरपालिकामा रोजगार मेला हुने भएको छ । नगरपालिकाले रोजगार सूचना मेला आयोजना गर्न लागेको हो ।
युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले आगामी चैत ४ गते एक दिनका लागि रोजगार सूचना मेला आयोजना गर्न लागिएको हो । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेकाले स्वदेशमै रोजगार सृजना गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिकाले रोजगारदाता तथा व्यावसायिक संघ संस्थाहरुको सहकार्यमा मेला आयोजना गर्न लागेको हो ।
रोजगार सूचना मेलाकै तयारीकै सिलसिलामा नगरपालिकाले तिलोत्तमा उद्योग वाणिज्य संघमा आबद्ध उद्योगीव्यवसायीसँग सोमबार छलफल तथा अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले रोजगार सूचना मेलालाई सफल पार्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले अहिलेको अवस्थामा उद्योगी व्यवसायीले रोजगार दिन सक्ने अवस्था नभएपनि रोजगार मेलालाई सफल पार्ने दायित्व उद्योगी व्यवसायीको भएको बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका ६ का वडा अध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले तिलोत्तमा नगर क्षेत्रका बेरोजगार युवा युवतीलाई स्वदेशमै रोजगारी दिने नीति अनुरूप रोजगार मेला आयोजना गर्न लागिएको बताए । रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशीन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको संयोजक पाठकले उल्लेख गरे । संयोजक पाठकका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका ४० स्टल रहने र मेलामै विभिन्न सीप भएका व्यक्तिहरूलाई रोजगार दिलाइने छ ।
मेलाका उपसंयोजक रवि सेन्च्युरीले मेलामा सीपमूलक तालिमको अवसरबारे जानकारी, वृत्ति परामर्श सम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराउनुका साथै रोजगारीका लागि सहजीकरण गरिन बताए ।
कार्यक्रममा संघका महासचिव राजकुमार पाण्डे, सल्लाहकार चन्द्रमान श्रेष्ठ, कृष्णबहादुर गौतम, माधवलाल देवकोटा, उद्योग उपाध्यक्ष सूरज पंगेनी लगायतले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण