बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खाना खाँदै फोनमा कुरा गर्दा तौल बढ्छ : धेरै सुत्ने र कम पानीले पनि बढ्छ बोसो, जान्नुहोस् स्लिम रहने सूत्र

मङ्गलबार, ३० फागुन २०७९, १६ : ४४
मङ्गलबार, ३० फागुन २०७९

एक समय थियो जब मोटो हुनु धनीको सूचक हुने गर्दथ्यो । खानेकुरामा कति घिउ थपियो भन्ने आधारमा मानिसको हैसियत निर्धारण हुन्थ्यो । तर त्यो समय अहिले बितिसकेको छ । नयाँ जमानामा मोटोपन एक रोग हो । योसँग धेरै मानिस जुधिरहेका छन् र मानिसहरू यसबाट बच्न चाहन्छन् । 

बदलिँदो जीवनशैली र खानपानका कारण मानिसको शरीरमा अत्यधिक बोसो जम्मा भइरहेको छ । जसका कारण केही समयपछि शरीरका अङ्गहरूले राम्रोसँग काम गर्न छाड्छन् र मानिस गम्भीर बिरामी पर्छन् ।

एक अनुमान अनुसार सन् २०१६ सम्ममा देशका १४ करोड मानिस मोटोपन र अधिक तौलको समस्यासँग लडिरहेका थिए । यो सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । अर्कोतर्फ, मानिसहरू आरामदायी जीवनशैली र फास्ट फुडको मोह छोड्न सकिरहेका छैनन् । जसका कारण मोटोपनाको समस्या बढ्दै गएको छ ।

यस्तो अवस्थामा तपाईँको कुन बानीले तौल बढाउँछ र हल्का रहने सूत्र के हो भनेर थाहा पाउन आवश्यक छ ।

सबैभन्दा पहिले ती बानीबारे थाहा पाऔँ जसले तौल बढाउँछ 

८ घण्टा भन्दा बढी सुत्नु

हुन त राम्रो निद्रा सु–स्वास्थ्यको रहस्य हो भनिन्छ । ‘वर्ल्ड कांग्रेस अफ कार्डियोलोजी’ मा पढिएको एक शोधपत्रका अनुसार बढी निद्रा र लामो आयु एक अर्कासँग प्रत्यक्ष सम्बन्धित छन् । अनुसन्धानमा के पाइएको छ भने मिठो र लामो समयसम्म सुत्ने मानिसहरूको जीवन यस्तो नगर्नेहरूको तुलनामा ४.५ वर्षसम्म लामो हुनसक्छ । 

तर यस्तो त्यति बेला हुन्छ जब निद्रा ७ देखि ८ घण्टा हुन्छ । योभन्दा बढी सुत्नु तौल बढ्नुको कारण बन्न सक्छ र जीवन लामो हुनुको साटो छोटो र बोझिलो हुने गर्दछ ।

एक शोधका अनुसार ८–९ घण्टाभन्दा बढी सुत्नेहरूमा मोटोपनाको खतरा २५ प्रतिशत बढी हुन्छ । 

टिभी वा मोबाइल हेर्दै खाने

आजकल मानिसहरू खाना खाने समयलाई फुर्सदको समय ठान्छन् । यस्तोमा खाना खाने बेलामा अरू काम सक्ने कोसिस पनि गर्छन् । खाना खाँदा मोबाइल वा टिभी हेर्नु सामान्य कुरा भएको छ । तर यस्तो गर्नु खतरनाक हुनसक्छ । जब हामी खाना खाने बेलामा आफ्नो ध्यान अन्त कतै लगाउँछौँ भने हामी खानेकुरालाई राम्रोसँग चपाउँदैनौँ । कम चपाएको खानाले तौललाई व्यापक वृद्धि गर्छ ।

कम पानी पिउनु

कम पानी पिउनु पनि तौल बढ्नुको एउटा कारण हो । दिउँसो बारम्बार पानी पिउनुहुन्छ भने भोक कम लाग्छ र तपाईँ अतिरिक्त खानबाट बच्नुहुन्छ । हाइड्रेट रहँदा फास्ट फुडको क्रेभिङ पनि कम हुन्छ । यसै कारण तौल नियन्त्रणमा राख्नका लागि विशेषज्ञले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । बिहान मनतातो पानी पिउनु फाइदाजनक हुनसक्छ ।

विशेषज्ञको धारणा

भारतकी डायटिसियन कोमल सिंह भन्छिन्, ‘चिल्लो खानेकुरा खाँदा तौल बढ्ने धेरैले सोच्छन् । हो, फ्याटी फुड र ड्रिङ्क्सले तौल बढाउँछ तर यसले मात्रै तौल भने बढाउने होइन ।’

‘हाम्रो दैनिकका केही बानीले पनि हाम्रो तौल बढाउँछ । तौल कम गर्नका लागि फ्याटी फुड र ड्रिङ्क्सबाट टाढा हुनुका साथै यस्ता बानी पनि छोड्नुपर्छ । खाना खाँदै कुरा गर्नु वा टिभी हेर्नु, ८–९ घण्टाभन्दा बढी सुत्नु, कम पानी पिउनु, कम शारीरिक परिश्रमलगायतका बानी तपाईँले छोड्नुपर्छ ।’

यसमा सुधार ल्याएर धेरै हदसम्म स्लिम हुन सकिन्छ । यसको फर्मुला साधारण छ । दैनिक जीवनमा स्वस्थ बानी अपनाउनुहोस् र स्लिम हुनुहोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप