बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । आज २०७९ फागुन ३० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं:

आजका मुख्य समाचारमा उपराष्ट्रपति निर्वाचनमा गठबन्धन विभाजित, गठबन्धन भत्किने आशमा ओली, उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्ने माग गरिएको रिट निवेदन दरपिठ, मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्रीलाई सकस, लघुवित्त र मिटर ब्याजीहरुविरुद्ध प्रदर्शन, भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वमन्त्री रोए लगायत छन् ।

१. उपराष्ट्रपति निर्वाचनमा गठबन्धन विभाजित

राष्ट्रपति निर्वाचनमा एकजुट भएको सत्ता पक्षीय गठबन्धन उपराष्ट्रपति निर्वाचनमा भने विभाजित देखिएको छ । उपराष्ट्रपति पदमा सत्ता पक्षीय गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले जसपाका उम्मेदवारलाई सहयोग गर्ने भएपछि अन्य लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी लगायतका साना दलले जनमत पार्टीका उम्मेदवार ममता झालाई सघाउने निर्णय गरेका छन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया