कुन देशमा महँगी दर शतप्रतिशत नाघ्यो ?
अर्जेन्टिनामा महँगी दर १०० प्रतिशत नाघेको छ । ९० को दशकमा उच्च मुद्रास्फीतिको युगपछि यस्तो अवस्था आएको यो पहिलो पटक हो । देशको तथ्याङ्क निकायका अनुसार फेब्रुअरीमा मुद्रास्फीति बढेर १०२.५ प्रतिशत पुगेको छ । अर्थात् २०२२ को तुलनामा सामानको मूल्य दोब्बर भएको छ ।
अर्जेन्टिना विगत केही वर्षदेखि आर्थिक संकटबाट गुज्रिरहेको छ र देशका अधिकांश जनता गरिबीमा बाँचिरहेका छन् । सरकारले वस्तुको मूल्यमा सीमा तोकेर घटाउन खोजे पनि मुद्रास्फीति नियन्त्रण गर्न सकेको छैन ।
जनवरीको तुलनामा फेब्रुअरीमा खाद्यवस्तुको मूल्यमा ९.८ प्रतिशतले वृद्धि भएको छ । रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै ब्यूनस आयर्स नजिकै बस्ने ७४ वर्षीया डेविताले भनिन्, ‘म त्यस दिन तीनवटा ट्याङ्गेरिन, दुईवटा सुन्तला र एक किलो टमाटर किन्न आएको थिएँ । पसलले मलाई ६५० पेसो मागे । मैले सबैकुरा निकालेर टमाटर मात्रै दिन भनेँ । मसँग यति धेरै पैसा छैन ।’
गत सेप्टेम्बरमा पनि अर्जेन्टिनामा मुद्रास्फीतिलाई लिएर प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण