आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

गठबन्धनमा उपराष्ट्रपतिबारे भएन सहमति, भोलि पुन: बैठक बस्ने

बुधबार, ०१ चैत २०७९, १९ : २६
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपतिबारे सहमति हुन नसकेपछि भोलि (बिहीबार) का लागि पुन: बैठक बोलाइएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्नेबारे सकारात्मक छलफल भएपनि सहमति जुट्न नसकेकाे माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । 

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरु समझदारी खोजी रहेका छन् ।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यक्ताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ ।’

यस्तै बस्नेतले बैठकमा सरकार विस्तारका विषयमा पनि छलफल भएको बताए ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप