मालावीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो
ब्लान्टायर । दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ । विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना घाइते भएको र ४१ जना हराइरहेको जानकारी दिएका छन् ।
प्रभावित क्षेत्रहरूमा मालावीको दक्षिणी क्षेत्रका ब्लान्टायर सिटी, ब्लान्टायर जिल्ला, सिक्वावा, चिराडजुलु, मचिङ्गा, मुलान्जे, नेनो, सान्जे, फलोम्बे, थियोलोलो, जोम्बा सिटी र जोम्बा गरी १२ जिल्ला र शहरहरू समावेश छन् ।
पछिल्लो अद्यावधिकअनुसार फ्रेडी चक्रवातले कम्तीमा १९ हजार ६७६ घरधुरीका करिब ८८ हजार ३ सय १२ जना विस्थापित भएका बताइएको छ ।
मलावीको सुरक्षाकर्मी तथा उद्धार सेवामा कार्यरत जनशक्तिले मलावी रेडक्रस सोसाइटी र समुदायहरूको नेतृत्वमा खोजी र उद्धार कार्य जारी राखेको छ । डीओडीएमएले परराष्ट्र मन्त्रालयमार्फत् विदेशी नियोग, सरकार र अन्तर्राष्ट्रिय संस्थासँग सहयोगका लागि सम्पर्क गरिरहेको जनाएको छ ।
यसैबीच, मलावीका राष्ट्रपति लाजरस चाक्वेराले बुधबार प्रभावित क्षेत्र र समुदायको भ्रमण गरी स्थितिको समीक्षा गर्ने कार्यक्रम रहेको छ । देशको मौसम विभागले मलावीमा स्थानीय स्तरमा वर्षा र आँधीबेहरी जारी रहने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत