दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा ठुलो क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले दक्षिण कोरिया र जापानका शीर्ष नेताहरूको ऐतिहासिक शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि नै इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ ।
जापान र दक्षिण कोरिया दुवैका अधिकारीहरूले यो मिसाइल प्रक्षेपण भएको पुष्टि गरेका छन् । बिहीबार बिहान प्रहार गरिएको मिसाइल जापानबाट करिब एक हजार किलोमिटर पश्चिममा समुद्रमा खसेको थियो ।
दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट स्थानीय समय बिहान ७ः१० मा (नेपाली समय अनुसार ०३ः५५ बजे) मिसाइल प्रक्षेपण गरिएको थियो ।
जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र आइसीबीएम भएको स्वीकार गरेको छ । करिब ७० मिनेटमा यसले ६ हजार किलोमिटरभन्दा बढी उडान भरेको बताइएको । यो मिसाइलको मारक क्षमता अमेरिकामा रहेको बताइएको छ ।
पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो । यद्यपि बाँकी मिसाइलहरू छोटो दूरीमा प्रहार गर्ने खालका थिए ।
कोरियाली प्रायद्वीप नजिक अमेरिका र दक्षिण कोरियाबीच जारी नौसेना अभ्यासको बीचमा उत्तर कोरियाले यो कदम चालेको हो । उत्तर कोरियाले धेरै पटक भनिसकेको छ कि उसले यस्ता क्रियाकलापलाई उत्तेजित गर्ने खालको रूपमा हेर्ने गर्छ ।
#UPDATE North Korea has fired an intercontinental ballistic missile, Seoul says, as South Korea's president heads to Tokyo to boost ties.
— AFP News Agency (@AFP) March 16, 2023
"Our military detected one long-range ballistic missile fired from around the Sunan area in Pyongyang," the Joint Chiefs of Staff says pic.twitter.com/BGVEAmcZAO
तर, दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले यो मिसाइल प्रक्षेपणपछि अमेरिकासँगको यो संयुक्त अभ्यास जारी रहने बताएका छन् ।
उनले उत्तर कोरियाले आफ्नो ‘लापरबाहीयुक्त उक्साहट’ को मूल्य चुकाउनुपर्ने बताएका छन् ।
बिहीबारको मिसाइल प्रक्षेपणपछि दक्षिण कोरिया र जापानले पनि आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नरेन्द्र मोदीले खोले डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोसल’मा खाता
-
चर्चित विद्यालयका प्रमुखसँग शिक्षामन्त्रीको छलफल, भर्ना प्रक्रिया पारदर्शी बनाउन निर्देशन
-
हामीलाई शान्ति चाहिएको हो, आत्मसमर्पण होइनः युक्रेन
-
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका उम्मेदवार भुसाल कालोपट्टि बाँधेर धर्नामा
-
सुकुम्बासीलगायतका समस्यामा समाधानका लागि योजना बनाई कार्यान्वयनमा ल्याउन निर्देशन
-
धार्मिक हिंसाको टिप्पणीमा बंगलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना