ह्याकरको पन्जाबाट प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट मुक्त
बिहीबार, ०२ चैत २०७९, १६ : १५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ट्वीटर अकाउन्ट ह्याकरको पन्जाबाट मुक्त भएको छ । बुधबारदेखि ह्याक भएको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल पीएम नेपाल पुनः सञ्चालनमा आएको हो ।
‘हिजो १५ मार्च बेलुकीदेखि ट्विटर ह्याण्डलमा अनाधिकृतरुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
ट्विटर ह्याण्डलमा सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको सचिवालयको भनाइ छ ।
यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक गरिने भन्दै सचिवालयले यसबारेमा प्रकट भएका चिन्ता, चासो र सुझावका लागि सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण