कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा कार्की चयन
बिहीबार, ०२ चैत २०७९, १७ : ०८
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन् । थापा नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् भने उपनेता कार्की सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् । उनी राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । उनी उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण