आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रामसहाय यादव उपराष्ट्रपति बनेपछि जनकपुरमा दीपावली

शुक्रबार, ०३ चैत २०७९, १९ : ३८
शुक्रबार, ०३ चैत २०७९

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि जनकपुरमा दीपावली गरिएको छ ।

बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि दीपावली गरिएको हो । साँझ जनकपुरमा जसपा निकट नेता कार्यकर्ताहरुले मैनबत्ती बालेर  दीपावली गरेका हुन् ।

१० दलीय गठबन्धनबाट उम्मेदवार बनेका  यादवले नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै उपराष्ट्रपति बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप