आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन सकेन : कार्की

शुक्रबार, ०३ चैत २०७९, २१ : २९
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पारे । 

शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परीक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरुको लागि सञ्चालित पूर्वव्यावसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा बोल्दै उनले सो कुरा बताएका हुन् ।

न्यायालय सुधारको काममा लागि परेपनि न्यायाधीशको संख्या कमी भएका कारण त्यस कामले गति लिन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाई थियो । उनले मुद्दा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेपनि आफूले न्यायमा ढिलाइ हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दाबी समेत गरे ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवम् गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीहरुलाई पनि आग्रह गरे । 

कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतलाई अटोमेशन सिष्टममा लैजान खोजेपनि स्रोत, साधनको अभावका कारण त्यो कामलाई अघि बढाउन नसकिएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप