शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

दोस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री जम्कट्टेल

एमाले सरकारबाट बाहिरिने तयारीमा
आइतबार, ०५ चैत २०७९, ०८ : २९
आइतबार, ०५ चैत २०७९

हेटौँडा । केन्द्रीय सत्ता समीकरण फेरवदलको प्रत्यक्ष असर प्रदेश सरकारमा पनि देखिएको छ । राष्ट्रपति निर्वाचनमा बनेको समीकरणको प्रभाव बागमती प्रदेशमा पनि देखिएको हो । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन फेरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट बाहिरियो ।

गत फागुन १३ मा राप्रपाका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजीनामा पदएका थिए । राप्रपाले सोही दिन माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकार बनाउँदा समर्थन जनाएको राप्रपा बाहिरिएपछि बागमती प्रदेशका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनु पर्ने बाध्यता सिर्जना भएको छ । 

मुख्यमन्त्री नियुक्त भएको ७ दिन (माघ ३ गते)मा नै प्रदेशसभाबाट विश्वामसको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वसको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदहरुको समर्थनमा मुख्यमन्त्ती नियुक्त भएका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएन । कुल ११० सांसद मध्ये कांग्रेस ३६, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका थिए । 

प्रदेशसभाका दु्ई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाएका उनले जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रो पटक विश्वासको मत दिँदै छन् ।  चैत ८ गते विश्वासको मत लिने मुख्यमन्त्री जम्कट्टेको तयारी छ । नेपालको संविद्यानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका उनले यसअघि माघ ३ गते विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले आगामी बुधबार विश्वासको मत लिनका लागि तयार गरिदिन प्रदेशसभा सचिवालयलाई पत्र समेत पठाइसकेका छन् । उनले नेपालको संविद्यानको धारा १८८ को २ बमोजिम संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । सोही अनुसार प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । उनका अनुसार आगामी कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको थप कार्यसूची तय गर्ने छ ।

विश्वासको मतको प्रस्तावमा एमालेले के गर्छ ?

मुख्यमन्त्री जम्कट्टेलाई आगामी चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ । पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले माओवादी केन्द्र र राप्रपा सत्ता सीमकरण थियो । हाल सरकारमा माओवादी केन्द्र र एमाले मात्रै सहभागी छ । संविधानतः मुख्यमन्त्रीलाई समर्थन दिएको वा विश्वासको मत दिएको दल तथा सांसदले समर्थन फिर्ता लिएको अवस्थामा सोको ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्कट्टेलले फागुन १४ गतेको मितिले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा राप्रपा देखिएको छ । मुखयमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमा अन्य दलले निर्णय गरिसकेका छैनन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय दलको बैठक बसेर मात्र अन्तिम निर्णय लिने बताउँदै आएका छन् ।

केन्द्रीय समिकरण अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका ३७, एकीकृत समाजवादीका ७ र माओवादीक केन्द्रका २१ जनाले विश्वासको मतको पक्षमा मतदान गर्ने पक्का जस्तै छ । हाल सरकारमा सहभागी एमाललेले मत दिने वा नदिने खुलेको छैन । स्रोतका अनुसार एमाले छिट्टै नै सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने छ । मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने सम्भावना प्रवल रहेको एमालेका एक सांसदले बताए ।

मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार एमालेले केही दिनमा नै सरकारका विषयमा निर्णय गर्न जानकारी दिएको छ । पार्टीको आन्तरिक छलफल पनि सो षियको निर्णय लिने तयारी भएको बताएको छ । एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधु सुदन पौडेलका अनुसार एमाल सरकार छोड्ने विषयमा पार्टी केन्द्रको निर्देशनको पर्खाइमा छ । उनले सबै प्रदेशको लागि केन्द्रले एकै पटक निर्णय गर्ने भएकाले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने वा रहने भन्न नसकिने बताए ।

मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विषयमा पनि केन्द्रले नै निर्णय गर्ने उनले बताए । प्रधानमन्त्रीको विश्वासको मतको छिनोफानेसँगै प्रदेश सरकारका विषयमा पनि निर्णय हुने उनले बताए । यता हाम्रो नेपाली पार्टीका २ जना सांसद मुख्यमन्त्री जम्कट्टेललाई  पुनः मत दिने पक्षमा देखिएको छ । नेमकिपा भने मुख्यमन्त्री जम्कट्टेललको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा उभिने प्रष्ट छ ।

मुख्यमन्त्री जम्कट्टेललाई आफ्नो सरकार टिकाउन कुल ११० सदस्यीय प्रदेशसभा मध्ये ५६ जना सांसदको विश्वासको मत भए पुग्छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिल्दा सहजै मुख्यमन्त्री जम्कट्टेलको सरकारलाई बहुमत पुग्छ । मुख्यमन्त्री सचिवालय अनुसार आगामी चैत ७ गतेभित्र प्रदेशका सबै मन्त्रालयको भागबण्डाका विषयमा टुंगो लगाइ सक्ने गरीअघि छलफल बढिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप