घरेलु मैदानमा पीएसजीको अपराजित यात्रामा पूर्णविराम
सोमबार, ०६ चैत २०७९, ०७ : ०५
एजेन्सी
पेरिस । सन् २०२१ को अप्रिलपछि पेरिस सेन्ट जर्मेन पहिलोपटक आफ्नो घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रेनले पीएसजीलाई यो सिजनमा दोस्रोपटक पराजित गर्न सफल भएको हो ।
पाहुना टोलीले दुई हाफमा एक–एक गोल गरेको थियो । कार्ल टोको एकाम्बीले रेनलाई अग्रता दिलाए भने अर्नाउड कालिमुएन्डोले अग्रता दोब्बर बनाए । पराजयसँगै पार्क डेस प्रिन्सेसमा पीएसजीको लिगमा ३५ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
पराजयका बाबजुद क्रिस्टोफर गाल्टियरको टोली शीर्ष स्थानमा ७ अंकले अघि रहेको छ । टोली पछिल्ला १३ वर्षमा ११ औँ उपाधि जित्ने होडमा रहेको छ । २८ खेलपछि पीएसजीको ६६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण