मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा पीएसजीको अपराजित यात्रामा पूर्णविराम

सोमबार, ०६ चैत २०७९, ०७ : ०५
सोमबार, ०६ चैत २०७९

एजेन्सी

पेरिस । सन् २०२१ को अप्रिलपछि पेरिस सेन्ट जर्मेन पहिलोपटक आफ्नो घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रेनले पीएसजीलाई यो सिजनमा दोस्रोपटक पराजित गर्न सफल भएको हो ।

पाहुना टोलीले दुई हाफमा एक–एक गोल गरेको थियो । कार्ल टोको एकाम्बीले रेनलाई अग्रता दिलाए भने अर्नाउड कालिमुएन्डोले अग्रता दोब्बर बनाए । पराजयसँगै पार्क डेस प्रिन्सेसमा पीएसजीको लिगमा ३५ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । 

पराजयका बाबजुद क्रिस्टोफर गाल्टियरको टोली शीर्ष स्थानमा ७ अंकले अघि रहेको छ । टोली पछिल्ला १३ वर्षमा ११ औँ उपाधि जित्ने होडमा रहेको छ । २८ खेलपछि पीएसजीको ६६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप