आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डद्वारा शृङ्खला ‘क्लीन स्वीप’

सोमबार, ०६ चैत २०७९, १५ : ४३
सोमबार, ०६ चैत २०७९

वेलिङटन । श्रीलङ्काविरुद्ध एक इनिङ्ग्स र ५८ रनको शानदार जीत निकाल्दै न्युजिल्याण्डले टेस्ट शृङ्खला २–० ले क्लीन स्वीप गरेको छ । फलोअनमा परेको श्रीलङ्कालाई ३ सय ५८ रनमा सीमित बनाउँदै न्युजिल्याण्ड विजयी बनेको हो ।

श्रीलङ्कालाई समेट्न टिम साउथीले ३ तथा ब्लेर टिक्नरले ३–३ विकेट लिए । श्रीलङ्काका लागि धनञ्जय डी सिल्भाले ९८ रन, कप्तान दिमुथ करुनारत्ने तथा कुशल मेन्डिसले अर्धशतक बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले केन विलियमसन र हेनरी निकोलसको दोहोरो शतकको मद्दतले ४ विकेटको क्षतिमा ५८० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको श्रीलङ्का पहिलो इनिङ्ग्समा मात्र १६४ रनमा सीमित बनेपछि फलोअनमा परेको थियो ।

यसअघि क्राइस्टचर्चमा भएको पहिलो टेस्टमा न्युजिल्याण्ड २ विकेट विजयी भएको थियो । अब शनिबारदेखि दुई टोली एकदिवसीय खेल खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप