न्युजिल्याण्डद्वारा शृङ्खला ‘क्लीन स्वीप’
वेलिङटन । श्रीलङ्काविरुद्ध एक इनिङ्ग्स र ५८ रनको शानदार जीत निकाल्दै न्युजिल्याण्डले टेस्ट शृङ्खला २–० ले क्लीन स्वीप गरेको छ । फलोअनमा परेको श्रीलङ्कालाई ३ सय ५८ रनमा सीमित बनाउँदै न्युजिल्याण्ड विजयी बनेको हो ।
श्रीलङ्कालाई समेट्न टिम साउथीले ३ तथा ब्लेर टिक्नरले ३–३ विकेट लिए । श्रीलङ्काका लागि धनञ्जय डी सिल्भाले ९८ रन, कप्तान दिमुथ करुनारत्ने तथा कुशल मेन्डिसले अर्धशतक बनाए ।
यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले केन विलियमसन र हेनरी निकोलसको दोहोरो शतकको मद्दतले ४ विकेटको क्षतिमा ५८० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको श्रीलङ्का पहिलो इनिङ्ग्समा मात्र १६४ रनमा सीमित बनेपछि फलोअनमा परेको थियो ।
यसअघि क्राइस्टचर्चमा भएको पहिलो टेस्टमा न्युजिल्याण्ड २ विकेट विजयी भएको थियो । अब शनिबारदेखि दुई टोली एकदिवसीय खेल खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण